लगानीको अवशर 

काठमाडौं, कात्तिक १२

सेयरको प्राथमिक बजारमा लगानी गर्न चाहनेहरूका लागि अहिलेसम्मकै ठूलो अवसर आएको छ । बिहीबारदेखि सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले २ अर्ब रुपैयाँबराबरको २ करोड कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

सर्वसाधारणका लागि छुट्ट्याइएको मध्ये ५ प्रतिशत (१० करोड रुपैयाँको) सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याई बाँडफाँडसमेत गरिसकिएको छ । सर्वसाधारणले भने १ अर्ब ९० करोड रुपैयाँबराबरको साधारणका लागि आवेदन दिन पाउनेछन् । नेपालको पुँजीबजारमा यो सबैभन्दा ठूलो प्राथमिक निष्कासन (आईपीओ) हो । यसअघि कृषि विकास बैंकको ९२ करोड रुपैयाँको आईपीओ आएको थियो ।

प्राथमिक निष्कासन भएकाले लगानीकर्ता घाटामै त नजालान् तर दोस्रो बजारमा भने निकै सतर्कतासाथ अघि बढ्नुपर्छ । किनभने कम्पनीको आम्दानीको मुख्य स्रोत लगानीबाट प्राप्त हुने ब्याज र बैंकबाट प्राप्त हुने ब्याजमात्र हो । कम्पनीले गर्ने लगानीबाट १०।५ प्रतिशत ब्याज आउने र बैंकबाट ५.७५५ देखि ६.५ प्रतिशतसम्म ब्याज आउने अनुमान गरेको छ । कम्पनीको प्रक्षेपित विवरणमा चालू आव ३१ करोड लगानी गर्ने उल्लेख छ भने त्यसपछिका २ आवमा क्रमशः २ अर्ब र ४ अर्ब लगानी लगानी योजना छ ।

कम्पनीले चालू वर्ष ३१ करोड खुद आम्दानी गर्ने र त्यसपछिका २ आवमा क्रमशः ४४ करोड र ४९ करोड गर्ने प्रक्षेपण छ । उसले ०७१/७२ मा ३३ करोड ८८ लाख खुद आम्दानी गरेको छ, जुन आम्दानी वर्षको तुलनामा थोरै हो । ०७०/७१ मा उसले ४३ करोड खुद आम्दानी गरेको थियो ।

आगामी ३ वर्षसम्म ५.५ प्रतिशत नगद लाभांश नियमित दिने घोषणा गरेको कम्पनीले ०७३/७४ सम्म पुँजी नबढाउने प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी ३ वर्षसम्म प्रशासनिक खर्च स्थिर रहने बताए पनि परिस्थिति प्रतिकूल भए खर्च बढ्न सक्नेछ । प्रतिसेयर आम्दानी १० रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर खुद सम्पत्ति भने १५ रुपैयाँ छ । यसअघि कम्पनीले ०७०÷७१ मा सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

अधिक स्वामित्व सरकारको भएकाले उसको हिसाबकिताब आगामी दिनमा कति पारदर्शी रहन्छ भन्ने कुराले लगानीकर्ताको ध्यान तान्नेछ । किनभने, अहिलेसम्म सरकारी स्वामित्वमा रहेका कुनै पनि संस्था लगानीकर्ताका पक्षमा देखिएका छैनन् ।

आवश्यक मात्रामा आवेदन आए कम्पनीले कात्तिक १६ मा बिक्री बन्द गर्नेछ भने मागबमोजिम आवेदन नआए कात्तिक २९ सम्म आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम ५० कित्ता अर्थात् ५ हजारदेखि अधिकतम ५० लाख कित्ता (५० करोड रुपैयाँसम्म) सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । इक्रा नेपालले एचआईडीसीएललाई ग्रेड ३ रेटिङ गरेको छ । कम्पनीको सेयरका लागि नागरिक लगानी कोषसहित ३० बैंक/वित्तीय संस्थाका ४० केन्द्रमा गएर आवेदन दिन सकिनेछ ।

सरकारले मुलुकमा जलविद्युत् उत्पादनलाई प्राथमिकता दिने योजनाअनुरूप जलविद्युत् आयोजनामा लगानी गर्ने र यससम्बन्धी पूर्वाधार विकासमा योगदान दिने उद्देश्यले ०६८ साउनमा यो कम्पनी स्थापना गरेको हो । कम्पनीको चुक्ता पुँजी ८ अर्ब छ भने प्राथमिक निष्कासनको बाँडफाँडपछि १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीका अनुसार चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

स्थापना भएयता एचआईडीसीएले २० देखि ८२ मेगावाटसम्मका २७१ मेगावाट बराबरका ८ जलविद्युत् आयोजनामा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ०७१÷७२ सम्ममा बैंक मौज्दात र नगद गरी ८ अर्ब ६१ करोड रुपैयाँ छ भने उसले यो अवधिमा ८ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

एचआईडीसीएलले बुटवल पावर कम्पनीको सहायक कम्पनी काबेली इनर्जीले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको काबेली ‘ए’का लागि करिब ४ अर्ब रुपैयाँ ९४ करोड अमेरिकी डलर० ऋण दिने सम्झौता गरिसकेको छ । यो रकम विश्व बैंकबाट प्राप्त हुनेछ ।

त्यसैगरी एचआईडीसीएल ‘पावर ट्रान्समिसन कम्पनी’को प्रवद्र्धक रहनेछ भने रेमिट हाइड्रोको सहायक कम्पनीमार्फत १२५ मेगावाट क्षमताका २ आयोजनाको सर्वेक्षणका लागि अनुमति प्रक्रिया अघि बढाएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय