कतारमा नेपाली लगायत आप्रवासी कामदारलाई राहत

काठमाडौं, कात्तिक ११

कतारले सुधार गरेर स्पोन्सरसीप (कफला) सम्बन्धी कानुनलाई मंगलबार परिमार्जन गरेको छ । पारिमार्जित नियम अनुसार अब कतारमा काम गर्न आउने कामदारको स्पोन्सरसीप करारपत्र अनुसार हुनेछ ।  

हालको नियममा करारपत्र सकिएपछि कम्पनी वा व्यक्तिले अनुमति नदिएसम्म आफ्नो घर फिर्न नपाउने नियम थियो । अबको नयाँ कानुनले स्पोन्सरलाई  कामदार बाहिर जानलाई रोक्ने अधिकार दिएको छैन । ‘यदि गैरकानुनी काममा संलग्न भएको छ भने अदालत र कानुनी निकायले मात्रै रोक्न सक्छ’, कतारका बरिष्ठ वकिल युसुफ अल जामानले बताए ।

यो सरकारी राजपत्रमा जारी भएको मितिले एक बर्षपछि मात्रै कार्यान्वयन हुने जनाएको छ । नेपाली सहित आप्रवासी कामदारले कतारमा आउने, रोजगार गर्न पाउने र फर्कन पाउने सम्बन्धी कानुन व्यवस्थालाई लचिलो गर्दै कतारले कफला प्रणालीलाई सुधार गरेको हो ।  

कतारका आमिर शेख तमिम बिन हमाद अल—थानीले नयाँ स्पोन्सरसीप कानुनलाई मंगलबार प्रमाणीकरण गरेको हो । ‘आमिर शेख तमिम बिन हमाद अल—थानीद्वारा बुधबार आप्रवासीको प्रवेश र फिर्ता तथा उनीहरुको आवासिय नियमन गर्ने कानुन नम्बर २१, २०१५ जारी गरिएको छ,’ कतार समाचार समिति (क्युएनए) द्वारा जारी बुलेटिनमा भनिएको छ, ‘सम्बन्धित सबै निकायले उनीहरु क्षमता अनुसार सरकारी राजपत्र जारी भएको मितिको एक वर्षपछि मात्रै कार्यान्वयनमा आउनेछ ।’  

झन्डै डेढ वर्षदेखि विभिन्न तहमा चरणवद्ध छलफल र बहस गरेर कतार सरकारले नयाँ स्पोन्सरसीप कानुन ल्याएको हो । गत सेप्टेम्बर ८ मा कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासिर बिन खुलाफी अलथानीको अध्यक्षतमा बसेको मन्त्रीपरिषदले निर्णय गरेर कानुन आमिरसमक्ष पेश गरिएको थियो ।   

कतारले ५० वर्षदेखि विदेशी कामदारको हकमा तय गरेको स्पोन्सरसीप कानुनलाई परिमार्जन गरेको हो । हालको स्पोन्सरसीप कानुन सन् १९६३ बाट लागु गरेको थियो । परिमार्जित कानुनलाई कार्यान्वयन गर्न आर्थिक, सामाजीक र प्रशासीनक रुपमा तयार गर्नुपर्ने भएकोले एक वर्षको समय लाग्ने बताइएको छ । सरकारी अधिकारीहरुले एक वर्षको अवधीमा नीजि क्षेत्रका कम्पनीले श्रम कानुन अनुसार आफ्नो अवस्थालाई सुधार गर्नको प्रर्याप्त समय भएको जनाएको छ । 

नेपाली कामदार खुसी 

मंगलबार कानुनी परिवर्तन भएको थाहा पाएपछि धेरै नेपाली कामदार खुसी देखिएका छन् । ‘हामीजस्ता दक्ष कामदारले अब पाउने अवसरबाट वञ्चित हुनु नपर्ने अवस्था बल्ल आयो,’ झन्डै एक दशकदेखि कार्यरत पोखराका बिमल सुबेदीले भने, ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’   

कतारमा झन्डै साढे चार लाख नेपाली कार्यरत छन् । ती मध्ये मुख्य निर्माणधीन कम्पनीमा ठुलो हिस्सा कार्यरत छन् । त्यसबाहेक मार्केटिङ, व्यवस्थापकीय, सुरक्षा गार्ड लगायत क्षेत्रमा कार्यरत छन् । ‘यहाँ काम गर्दा यहाँको बजार राम्रोसँग अध्ययन गरी बसेकाहरुलाई आफैले कम्पनी चलाउनको लागि बाटो खुलेको छ,’ उनले भने, ‘अब क्षमता र पूँजी अनुसार काम गर्न पाउने स्थिति देखा परेको छ ।’  ‘स्पोन्सरसीप व्यवस्था परिवर्तन भएपछि आफुले चाहेको, मन परेको काम, कम्पनी र तलब सेवासुविधा छनोट गर्न पाइन्छ,’ राजु शाक्यले भने, ‘बजार झन प्रतिस्पर्धी पनि हुनेछ ।’  

धेरै जसो तल्लो तहमा कार्यरत कामदारलाई उनीहरु आफुले चाहेको घर जान पाउने स्थिति बनेको प्रतिक्रिया दिएका छन् । ‘घर जान पाउने वा नपाउने स्पोन्सरको हातमा पथ्र्यो । दूतावास र कतार सरकारले चाहेर पनि केही गर्न सक्दैन्थ्यो,’ उमेश यादवले भने, ‘करार पत्र सकेपछि तुरुन्तै घर फिर्न सकिनेछ ।’ 

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय