
काठमाडौं, कात्तिक ११ बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४६ पैसा र विक्रि दर २८ रुपैंयाँ ६३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४४ पैसा छ । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया २९ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ७७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।