विरामी भएँ घर फर्किन पाउँ

 

काठमाडौं, कात्तिक १०

रोजगारीका लागि साउदी अरव पुगेका एक नेपालीले आफू तीन हप्तादेखि विरामी भएको भन्दै स्वदेश फर्काइदिन साउदी स्थीत नेपाली दुतावासमा निवेदन दिएका छन् । उनले हिंडडुल समेत गर्न नसक्ने गरी विरामी हुँदा समेत कम्पनीले उपचारको कुनै व्यवस्था नगरको गुनासो गरेका छन् । 

उनले आफूलाई नेपालमा भनिएअनुसारको तलव सुविधा समेत नदिइएको निवेदनमा उल्लेख छ । उनी साउदीमा अव्दुल्ला रसिद दोसरी एण्ड पार्टनर कम्पनीमा कार्यरत छन् । नेपालमा अल कोकनिस ओभरसिज मार्फत साउदी उडेका उनले नेपालमा म्यानपावर कम्पनीले गराएको सम्झौता अनुरुप आफूले तलव सुविधा नपाएको गुनासो गरेका छन् ।

आफूले भने अनुसारको तलव नपाएको र हाल विरामी परेका कारण नेपाल फर्किन भन्दै त्यसको व्यवस्था मिलाईदिन नेपालमा म्यानपावर कम्पनीमा फोन गर्दा आफूलाई उल्टै धम्क्याइएको उनको भनाई छ । उनले आफू यथासक्य छिटा नेपाल फर्किन चाहेको र नेपाल फर्केर आफूलाई ठगि गर्ने म्यानपावर कम्पनी विरुद्ध उजुरी गर्ने बताएका छन् । 

धरुरा ७ महोत्तरी घर भएका अविद नादिफले जिफन्ट सपोर्ट ग्रुप, साउदी अरेविया मार्फत सो निवेदन दिएका हुन् । उनलाई नेपाल फर्काइदिन जिफन्ट सपोर्ट ग्रुप साउदी अरेवियाका संयोजक राज तामाङले अनुरोध गरेका छन् । 

तामाङले अन्यायमा परेका र विरामी भएका नादिफलाई नेपाल फर्काइ न्याय पाउने वातावरण बनाइदिन कार्यवाहक राजदुतलाई अनुरोध गरेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय