युएईमा श्रम सम्झौता सम्वन्धि नयाँ व्यवस्था गरिंदै

  

काठमाडौं, कात्तिक १०

युएईको श्रम मन्त्रालयले विदेशी कामदारको वर्क परमिट नविकरणमा श्रमिकको हस्ताक्षर अनिवार्य गरेको छ । श्रम मन्त्रालयका एक अधिकारीलाई उध्रित गदैै गल्फ न्यूजले आगामी बर्षको सुरुवात देखि यो व्यवस्था लागु हुने र यसले अहिलेको श्रम सम्झौता नविकरणको व्यवस्थालाई परिवर्तन गर्ने जनाइएको छ ।

ति अधिकारीले नयाँ व्यवस्थाले कामदारलाई फाइदा पुग्ने बताए । आफूले पाउने सुविधा लगायतका विषयमा जानकारी लिएर श्रम सम्झौता नविकरण गर्ने वा नगर्ने स्वतन्त्रता कामदारमा हुनेछ ति अधिकारीले भनेका छन् । 

श्रम मन्त्री सकार विन गोवास सइद गोवासले नयाँ व्यवस्थाले कामदार र रोजगारदाताबीच सन्तुलन कायम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ व्यवस्थाले पारदर्शिता समेत बढाउने बताएको समाचारमा जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय