एमआरपीका लागि थोरै आवेदन 

सोल, कात्तिक ९ केही समययता दक्षिण कोरियामा एमआरपी पासपोर्टका लागि न्यून आवेदन पर्न थालेको छ । नोभम्बर २४ बाट हस्तलिखित पासपोर्ट अनिवार्य प्रतिस्थापन गर्नुपर्ने हुनाले दूतावासले सार्वजनिक सूचना जारी गरी एमआरपीका बनाउन  आग्रह गर्दै आएको छ । दूतावासमा मासिक २० देखि ३० वटामात्रै आवेदन पर्ने गरेको छ । पछिल्लो महिना १३ वटामात्रै एमआरपी बनेर आएको छ । 

दूतावासले १५-१५ दिनमा संकलित आवेदन नेपाल पठाउने गरेको छ । गत वर्ष पासपोर्टको चाप बढी भएकाले एमआरपी  आउन पाँचदेखि छ महिनासम्म लाग्ने गरेको थियो । तर हाल एक महिनामै बनेर आउने गरेको छ  । दूतावासका अनुसार एमआरपीका लागि  हालसम्म सात हजार एक सय ५० जनाको आवेदन परेको छ । गत वर्ष दूतावासले एमआरपीका लागि किमे, थेगु, किम्फु, उल्सान ख्यांग्जु र थेगुमा घुम्ती सेवा सञ्चालन गरी आवेदन संकलन गरेको थियो । 

एमआरपी आवेदन संकलनको सुरुको आर्थिक वर्ष ६८/६९ मा ६६ प्रति एमआरपी बनेकोमा आर्थिक वर्ष ७०÷७१ मा सबैभन्दा बढी तीन हजार ४ सय ८१ प्रति एमआरपी बनेको थियो । गत तीन महिनामा एक सय ५१ प्रति मात्रै एमआरपी पासपोर्ट बनेको दुतावासले जानकारी दिएको छ । करिब दुई सयप्रति एमआरपी राहदानी वाहकले बुझ्न नआएकोले महिनौदेखि  दूतावासमा थन्किरहेको द्धितीय सचिव प्रथमा उप्रेती  जानकारी गराइन् ।

एमआरपी बनी आउँदा राहदानी विभागका कारण प्रिन्ट गलत भएमा दूतावासले पुनः सच्चाई दिने व्यवस्था गरेको छ । आवेदकले  गलत विवरणसहित फर्म भरेको पाइएमा पुनः दस्तुर बुझाउनु पर्नेहुन्छ  । करिब ३२ हजार नेपाली  रहेका दक्षिण कोरियामा पछिल्लो समय प्रवेश गर्नेहरु एमआरपी लिएर आएका छन् । करिब पाँचसयको संग्ख्यामा एमआरपी बनाउन बाँकी रहेको हुनसक्ने दूतावासको अनुमान छ । अवैधानिकरुपमा कार्यरतहरु दूतावासमार्फत प्राप्त हुने ट्राभल डकुमेन्टको आधारमा फिर्ता हुने हुनाले एमआरपी बनाउन बाध्य छैनन् ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय