
सोल, कात्तिक ९
दक्षिण कोरियाको खेंगीदो ख्वान्जु वरपर कार्यरत नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाएका छन् । आप्रबाशी सहयोग केन्द्र (चर्च) का पास्टर योंग्मी किमले करिब ५० जना नेपालीलाई दशैको टिका, जमरा र फुल लगाइदिएकी थिइन् । त्यहाँ श्रीलंकन नागरिक पनि सहभागी भएका थिए ।
समय अभावका कारण दशैंको दिनमा टिका लगाउन पाइएन तर आज दशैको टिका र जमरा लगाउन पाउदा खुशी लागेको छ केहि बर्षदेखी चर्चमा नेपाली अनुबाधक रहेका सुरज बस्नेतले भने विदेशमा भए पनि आफ्नो चाड मान्नपाउदा आनन्द लागेको छ ।
घरभन्दा धेरै टाढा रहेका नेपालीहरुलाइ टाढाको फीलिंग हुन नदिनका लागि दशैको कार्यक्रम आयोजना गरेकी हुँ चर्चका पास्टर किमले टिका फुल र शुभकामना दिदै भनिन् तपाई जहाँ रहेपनि खुशी रहनु ।