
काठमाडौं, कात्तिक ८- मलेसियाको मलाक्कामा १४ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको अनलाइन द सनका अनुसार गैरकानूनी रुपमा बसेकाहरुलाई पक्राउ गर्ने क्रममा १ सय ३९ जना मध्ये १४ जना नेपाली छन् ।
मलाक्का अध्यागमन विभागले तीनवटा कारखानामा गरेको चेकजाँचका क्रममा ति व्यक्ति पक्राउ परेको समाचारमा जनाइएको छ । पक्राउ पर्ने मध्ये १४ जना नेपालीका अलावा १ सय २० जना बंगलादेशी छन् भनें चारजना म्यानमारका नागरिक र एकजना ईण्डोनेसियाली छन् ।
पक्राउ परेकाहरु मध्ये केहिको मलेसियाको भिसाको म्याद सकिएको तथा केहि कम्पनी छोडेर भागेर काम गरिरहेकाहरु रहेको प्रहरीलाई उधृत गर्दै समाचारमा लेखिएको छ ।