२८ प्रतिशत बढी राहदानी

खजुरा (बाँके) । जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत आर्थिक वर्षमा २०७१-७२ मा अघिल्लो आवको तुलनामा करिब २८ प्रतिशत बढी राहदानी वितरण भएको छ ।  

आव २०७१-७२ मा अघिल्लो आवको तुलनामा दुई हजार ४२५ बढी राहदानी वितरण गरिएको हो । अघिल्लो आवमा ६ हजार ३२८ राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयले काठमाडौँबाट राहदानी लिन चार हजार ४८१ वटा सिफारिस गरेको छ । 

आव २०७१-७२ मा भने कार्यालयबाट ८ हजार ७ सय ५३ वटा राहदानी वितरण भए । त्यसबाट ४ करोड ४७ लाख १० हजार राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको तुलनामा २९ दशमलव २३ प्रतिशत बढी राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।   

आव २०७०-७१ मा राहदानीबाट मात्र तीन करोड १६ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय कार्यालयबाटै कम शुल्कमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ ।   

रासस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय