साउदीमा जिफन्ट सहयोग समुहको प्रशिक्षण 

 

साउदी अरेविया, कात्तिक ८

साउदी अरेबियाको जुवेल शहरमा नेपाली श्रमिकहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना जिफन्ट सहयोग समुह साउदी अरेबिया जुबेल सम्पर्क समितिले गरेको हो । 

सो भेलामा जिफन्ट साउदी अरेवियाका संयोजक राज तामाङले हालै संविधानमा समेटिएका श्रमिकका हक अधिकार बारे श्रमिकलाई जानकारी गराउनुभएको थियो । 

जिफन्टले सन् १९९४ देखिनै प्रवासमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको हक अधिकारको लागि निरन्तर लडिरहेको तामाङले बताउनुभयो । लामो प्रयत्नपछि सन् २०१५ मा साउदी अरबमा जिफन्टको प्रवासी कमिटी (नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह) साउदी अरेबिया गठन भएको उहाँले जानकारी गराउनुभयो । 

स्थापनाकाल देखिनै कानुनी पशिक्षण, श्रमिकहरु माझ जनचेतना मुलुक कार्यक्रम, संगठन निर्माणमा सक्रिय जिफन्ट संगठनमा हालसम्म ४ चार दर्जन भन्दा धेरै मुद्धाहरु दर्ता भएको र त्यसमध्ये कारिब १ एक दर्जन मुद्धाहरु घरेलु महिला कामदारहरुको रहेको जिफन्ट संयोजक राज तामाङले बताउनुभयो ।

सो अवशरमा प्रवासी नेपाली सेवा समितिका केन्द्रिय सदस्य टंक रेग्मिले जिफन्ट सहयोग समुह स्थापना भएकोमा हाल श्रमिकहरुको अनुहारमा खुसि र आशाहरु पलाएको बताउनुभयो । उहाँले निरन्तरताका लागि मात्र नभई परिवर्तनका निम्ति काम गर्नुपर्ने भन्दै त्यो परिवर्तन जिफन्टबाट मात्र सम्भव रहेको धारणा राख्नुभयो । उहाँले श्रमिकलाई संगठित हुन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा उपस्थिति श्रमिकहरुले जसरी कतारमा कफाला प्रणाली, बाँधा श्रम र स्पोन्सर प्रणाली हटाउनलाई प्रयास भइरहेको छ साउदी अरबमा पनि त्यसरी नै पहल गर्नुपर्ने सुझाव दिएका थिए । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय