मलेसियामा एसएमएस सेवा बन्द नगर्न श्रमिकको माग 

क्वालालम्पुर, मलेसिया स्थित नेपाली दुतावासमा राहदानी नविकरण गर्न निवेदन दिएपश्चात उक्त राहदानी आए नआएको थाह पाउने एसएमएस सुबिधा बन्द हुनु श्रमिक हित बिपरित रहेको मलेसियामा कार्यरत नेपालीहरुले बताएका छन् । 

मलेसियास्थित जोहोर राज्यको मुआरमा कार्यरत बाग्लुङका राजु बिकले श्रमीकका लागि उपयुक्त र अति सरल सुबिधा राजदुतले बन्द गर्न दिएको आदेश श्रमिक हित बिपरित रहेको बताएका छन् ।  

त्यसै गरि मलेसियाकै पेनाङको बुकित जम्बुमा कार्यरत धादिङका मायानाथ दनैले राजदुतको यो निर्णय गलत रहेको बताए । दनैले भनेः राहदानी बनाउन दुतावास जाँदा एमआरपी फारम भरेको र फोटो खिचेको प्रती ब्यक्ती आर एम ४० देखी ४५ सम्म लिइरहेको दुतावासले नदेख्ने तर श्रमीकका लागि एसएमएस सुबिधा महँगो भयो भनी बन्द गर्न आदेश दिनु कत्तिको जायज हो ?

मलेसियाको सेलाङगर राज्यको कापरमा कार्यरत बिक्रम सुन्दासले एसएमएस सुबिधा बन्द गर्नु भनेको श्रमीकलाई दुःख दिने अर्को बिकल्प थपेको बताए । सुन्दासले थपेः हामी राहदानी आए न आएको बुझ्न मात्र दुई दु्ई पटक बिदा लिएर दुतावास जानु पर्यो । यदि यो एसएमएस सेवा सुचारु भईरहने हो भने म जसरी नै अन्य नेपालीले दुःख पाउने थिएनन । 

राहदानी आए न आएको थाहा पाउन दुतावासमै फोन गर्यो तर कहिल्यै फोन उठ्दैन । पोर्ट क्लाङमा कार्यरत पाँचथरका खगेन्द्र राईले भने यदि पासपोर्ट आए नआएको थाहा पाउनका लागि एसएमएस सुबिधा निरन्तर सुचारु भईरहने हो भने काम गर्दा गर्दै पनि लाखौ नेपाली श्रमीकले उतीबेलै थाहा पाउने थिए ।  

एसएमएस सेवा मलेसियाको नेप्सिया क्रियटिभले मलेसियाको सुचना तथा सञ्चार बिभाग (एम सि एम सी) र दुतावासको स्विकृतिमा गत फेब्रुअरी महिनाको १४ तारिखबाट सञ्चालन गरेको थियो । उक्त सुबिधा प्रयोग गरे बापत सबन्धित मोबाइल नेटवर्कले सेवा सुबिधाको शुल्क स्वरुप प्रति एसएमएस आर एम १ काट्ने गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय