कोरियाले विदेशी कामदार अझ बढी भित्रियाउने 

सोल, कात्तिक ७- कोरियामा वैधानिक तवरले काम गर्ने विदेशी कामदारको संख्या झण्डै नौ लाख पचास हजार पुगेको छ । विहीवार सरकारको तथ्याङ्क कार्यलयले गत मे महिनामा विदेशी कामदारको संख्या नौ लाख ३८ हजार पुुगेको तथ्याङ्क सार्वजानिक गरेको छ ।

यद्यपी कोरियाको अध्यागमन विभागले सार्वजानिक गरेको छुुट्टै तथ्याङ्कमा आप्रवासी कामदार, विदेशी विद्यार्थी, आप्रवासी दम्पती गरी कुल अठार लाख बीस हजार रहेको छ । गत अगष्टमा सार्वजानिक तथ्याङ्क गएको वर्षको तुलनामा छ दशमलब पाँच प्रतिशतले बढि हो । 

कोरियामा रहेका विदेशीको संख्या कोरियाको कुल जनसंख्याको तीन दशमलब पाँच प्रतिशत हो । कोरियाको कुल जनसंख्या पाँच करोड चौध लाख सत्तरी हजार रहेको छ ।

यसैबीच सरकारले विकसित देशको तुलनामा मुलुकको जन्मदर कम भएकोले जन्मदर वृद्धि गर्ने लक्ष्य सहित कोरियन दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ । सरकारले महिला गर्भवती हुदाँ स्वास्थ्य परिक्षण लगायतमा भारी छुट दिने घोषणा गरेको छ । त्यस्तै वृद्धवृद्धाको जनसंख्या पनि वृद्धि भइरहेको, काम गर्ने क्षमताका स्वेदशी कामदार घट्दो क्रममा रहेको तथा जन्मदर कम रहेकोले देशको जनसंख्या र विकासको गति सन्तुलन तवरले अगाडि बढाउन सरकारले विदेशी कामदारको माग वृद्धि गर्ने तयारी गरेको छ । त्यस्तै अदक्ष कामदार माग गरिरहेको कोरियाले दक्ष कामदार पनि माग गर्ने जनाएको छ ।

हेल्लोकोरिया डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय