मलेशियामा एक नेपालीको मृत्यु  

बलराम भट्ट, मलेसिया, कात्तिक ६ 

रोजगारीको सिलसिलामा तीन बर्ष अघिदेखि मलेसियामा कार्यरत बाग्लुङका जीतबहादुर घर्ती मगरको बुधबार ज्यान गएको छ । मलेसियाको जोहोर राज्यमा अबस्थित होम लिभिङ फर्निचर कम्पनीमा कार्यरत जीतबहादुर एजेण्टले भनेअनुसारको तलव नपाएपछि र काम गाह्रो भएकाले आएको केही महिनामै त्यहाँबाट भागेर अबैधानिक रुपमा विभिन्न सेक्युरिटी कम्पनीहरुमा काम गर्दै आएका थिए । 

त्यसै क्रममा अहिले सेलाङ्गोर राज्यमा अबस्थित रिजाल एसडीएन विएचडीमा कार्यरत जीतबहादुर बुधबार बेलुकी डिउटी सकेर कोठामा आइ खाना खाइवरी सुतेका थिए । उनी राती १ बजेतिर अकस्मात कराएपछि नजिकै डिउटिमा रहेका अन्य साथिहरु उनी भएको ठाँउमा आउदा जित बहादुरको मृत्यु भइसकेको रसुवाका उनका सहकर्मी सानू तामाङले जानकारी गराए । 

अहिले जित बहादुरको शव पोस्टमार्टमका लागी सेर्डाङ हस्पिटलमा लगिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय