निःशुल्क टिकट पाएपछि १७ नेपाली घर फर्किए 

मलेसिया, कात्तिक ५ अवैधानिक रुपमा काम गरेको आरोपमा मलेसियाका जेलमा रहेका १७ नेपालीलाई नेपाली दुतावासले निःशुल्क टिकट उपलब्ध गराएपछि उनिहरु घर फर्किएका छन् । 

मलेसियाको बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ती  नेपालीलाई मलेसियामा कार्यरत  रहेका केही संस्थाको सहयोगमा निःशुल्क टिकट उपलव्ध गराएको दुतावासले जनाएको छ । 

काजाङ्गको सिमोनिया डिटेन्सन क्याम्पमा रहेका पन्ध्र जना, के एलआइ ए डिटेन्सन क्याम्पमा रहेका एक र अर्का एक जनालाई नेपाल फर्काइएको दुतावासले जनाएको छ । मलेसियामा रोजगारीका लागि आएका  नेपालीले काम र दाम राम्रो नपाएपछि अवैधानिक बन्ने गरेका छन् । 

अवौधानिक रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरे उनीहरुलाई यहाँको कानुन अनुसार ३ महिना जेल र थप डिटेन्सन क्याम्पमा राख्ने गरेको छ ।

केहि समय अघि जेलमा रहेका नेपालीलाइ घर फर्काउन गैरआवसिय नेपाली संघ मलेसिया, बिजनेश एसोसिएसन मलेसिया र नेपाली कांग्रेस जन सम्पर्क समिती मलेसियाले निशुल्क टिकटका लागि दुतावासलाई सहयोग गरेका थिए ।

जेलमा रहेका नेपालीलाई शुन्यमा झार्ने योजना बनाएको दुतावासले यसमा सहयोग गर्न मलेसियामा कार्यरत संघसस्थासँग समेत अपिल गरेको छ । डिटेन्सन क्याम्पमा रहेर पनि टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने काममा सहयोग गर्न दुतावासले आग्रह गरेको हो । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय