नेपाली महिलाको उद्धार
कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय बजार वनबसा पुर्याइएकी कैलालीको पथरीया गाविस–९ की १८ वर्षीया एक महिलाको मङ्गलबार साँझ उद्धार गरिएको छ । 
 
अर्कै पुरुषसँग भारतको पञ्जावतर्फ जान लागेको फेला पारेपछि जोखिममा पर्नसक्ने आशङ्कामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । ‘ती महिलासँग कुनै प्रमाण फेला नपरेपछि उद्धार गरेका हौँ’, उनले भनिन् । 
 
ती महिलालाई माइती नेपालको संरक्षणमा राखिएको छ । महिलालाई भारततर्फ लैजाने कैलालीकै दोदोधारा गाविस–९ का २२ वर्षीय अर्जुन विक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् । 
 
महिलाका आफन्तलाई बोलाएर छलफलपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ । रासस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय