एनआरएन, महिला फोरमद्धारा ८० परिवारलाई खाद्यान्न

रवि रोषी, चितवन 

गैर आवासीय नेपाली संघ महिला फोरमद्धारा मकवानपुर जिल्लाका अति विपन्न सिमान्तकृत चेपाङ जातिका ८० घर धुरीलाई खाद्यान्न तथा कपडा वितरण गरेको छ । 

सो राहत मकवानपुर जिल्लाका काँकडा र राक्सिराङ २ गाविसका ८० घर धुरी परिवारलाई वितरण गरिएको थियो सो राहत वितरणमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष जीवा लामिछाने, संरक्षक इन्द्रा वन, उपाध्यक्ष भवन भट्ट, महासचिव बद्रि के.सी., महिला फोरमकी संयोजक सपिला राजभण्डारी, महिला फोरमकी उपसंयोजक रजनी प्रधान, रञ्जु वाग्ले, सीता सापकोटा, युवराज गुरुङ, सोम सापकोटा, खेमराज लामिछाने लगायत विभिन्न देशका करिव ४२ जना एनआरएनहरुको उपस्थिती रहेको थियो । 

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले सिमान्तकृत अति पिछडावर्ग चेपाङ जातिको बालबालिकाहरुको लागि शिक्षामा जोड दिनुपर्ने बताउँदै भोलिको दिनमा सबै सहयोगदाताहरुले शिक्षामा नै लगानी गरेमा यस समस्याको अन्त्य हुने बताए । 

यसैगरी एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्टले विकसित जिल्लाको रुपमा हेरिने चितवनको पहाडी भेगमा अझै पनि ओढारमा बस्ने चेपाङ जाति बस्ने गरेको कुरामा अचम्भित हुँदै उनीहरुको नयाँ पिँढीको लागि सीपमूलक तालिम, बाख्रापालनमा अनुदान सहयोग र शिक्षाले नै उनीहरुको गरिबीबाट उनीहरुलाई उन्मुक्ति दिलाउन सक्ने बताए ।  

गैर आवासीय नेपाली संघ महिला फोरमकी संयोजक सपिला राजभण्डारीले दशैं जस्तो पर्वमा पनि चेपाङ जातिहरु कन्दमुलमा निर्भर हुनुपर्ने कुरा सुनेर आफु दुखी भएको बताउँदै यसको लागि समस्याको दीर्घकालिन निराकरणको मार्ग खोज्नु पर्ने बताइन् । महिला फोरमको तर्फबाट यस पटक २ गाविसको ८० घरधुरीका प्रत्येकलाई १ बोरा चामल, २ लिटर तेल, एक पोका नुन र परिवारजनको एक महिला सदस्यलाई साडी प्रदान गरिएको थियो ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय