पारिश्रमिक कटौति गरेपछि नेपाली कामदार आन्दोलनमा

मलेसिया, कात्तिक ४

विनाकारण कम्पनीले पारिश्रमिक काटेको भन्दै साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा उत्रिएका छन् । साउदी अरेबियाको दोवाध्मिमा रहेको सुल्तान सलमानअल स्याद कम्पनीमा कार्यरत नेपाली श्रमीकले विनाकारण प्रत्येक श्रमीकबाट १ हजार रियल कटौती गरेको भन्दै नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन ।

काठमाडौं स्थित वल्ड फेवर म्यानपावरबाट २० महिना अगाडी साउदी अरेबिया पुगेका नेपालीलाई समेत कम्पनीले पैसा काटेपछि नेपाली श्रमीक आन्दोलित भएका खोटाङ्गका विनोद बस्नेतले जानकारी गराए । म्यानपावरको वदमासीका कारण नेपाली श्रमीकको पैसा काटिन थालेपछि बाध्य भएर काम छोडेको बस्नेतले टेलिफोनमा जानकारी दिए । 

नेपालबाट साउदीजाँदा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म म्यानपावरमा बुझाएर त्यहा गएका नेपालीलाई २० महिनापछि कम्पनीले आउँदा लागेको टिकटको खर्च भन्दै रकम काट्न थाले पछि नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन् । 

बस्नेतका अनुसार साउदी अरेबिया जाँदा म्यानपावरले १ लाख ४० हजार लिएर ७० हजारको बिल दिएको बस्नेतले वताए । कम्पनीले पछिल्लो समय रकम काट्न थालेपछि रकम काटिएको बारे श्रमीकले म्यानपावरसँग कुरा राखेपनि समस्याको समाधान नहुदा श्रमीक आन्दोलनमा उत्रिएका हुन् । मगलबार आन्दोलित नेपाली श्रमीकले साउदी अरेबियाको श्रम अदालतमा बिना कारण कम्पनीले श्रमीकको रकम काटेको भन्दै मुद्धा दर्ता गराएको वस्नेतले जानकारी दिए ।

६ दिनदेखि काम ठप्प पारेर वसेका नेपाली श्रमीकलाई कम्पनीले काममा फर्किन आग्रह गरेपनी समस्याको समाधान नभए नेपाली फर्किने माग श्रमीकले राखेका छन् । सो वारे सो म्यानपावरका निर्देशक सुर्य विकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय