युएईमा सिन्धुपाल्चोकबासीको दशैं कार्यक्रम

युएई, कात्तिक ४ युएईको दुबईको जाविल पार्कमा सिन्धुपाल्चोक सेवा समाज युएईले दशैंको शुभकामना आदान प्रदानसंगै वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

गएको १६ अक्टोबर शुक्रबारका दिन भएको सो कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए एनसीसीका सचिव पुष्प कार्की रहेका थिए भने कार्यक्रमको अध्यक्षता सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेले गरेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार र पत्रकारहरु रहेका थिए ।

राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रममा सोही संस्थाका सदस्य विनिता कोइरालाको शुभकामना राखेकी थिइन् । पहिलो चरण औपचारिक र दोस्रो चरण सांस्कृतिक र खेलकुद गरी दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई समाजका सचिव मनोज नेपालले मनोरञ्जनात्मक रुपमा सञ्चालन गरेका थिए । 

स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिले उपस्थितहरुमा नयाँ रौनक थपेको थियो भने डोरी तान्ने, हाडी फोड खेल र अन्य मनोरञ्जनात्मक खेलहरुले झन मनोरञ्जन दिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय