खाडीमा दशैं मनाउने तयारी

दोहा, कात्तिक ३

कास्कीका लालबहादुर दमाईं दसैं लागेदेखि दंग छन् । ५ वर्षदेखि स्वदेश नफर्के पनि यसपालि विजयादशमीको दिन टीका थप्ने र खसी ढाल्ने योजना बनाइसकेका छन् ।  ‘गाउँमा मात्रै होइन । खाडीमा पनि दसैं आएको छ,’ लालबहादुरले भने, ‘विजयदशमीको दिन बिहीबार पर्दोरहेछ । सबै साथी मिलेर त्यो दिन काम नगर्ने भनेका छौं । मालिकले पनि बिदा दिएका छन् ।’ 

कतारको जमेलियामा किसान रहेका लालबहादुर देश फिर्न नसके पनि आफूले यता दसैं हर्षोल्लासका साथ मनाउन लागेको बताए । ‘कति दुःख गरेर गन्ने,’ उनी भन्दै थिए, ‘यसपालि टीका पनि लगाइन्छ । खसी पनि ढालिन्छ ।’ खाडीमा काम गर्ने नेपालीले सातामा एकदिन शुक्रबार मात्रै बिदा पाउँछन् । उनीहरू त्यस दिन रमाइलो गरी मनाउने योजनामा लागेका छन् । ‘हामी सामूहिक रूपमा टीकाग्रहण गर्दछौं,’ खोटाङका केदार बानियाँले भने, ‘गाँउका साथीभाइहरू एक ठाउँमा भेला हुन्छौं । मासु खान्छौं । दिनभर रमाइलो गरी बिताउँछौं ।’ 

सुर्खेत घुमखहरेका दीपेन्द्रकुमार शाही ६ वर्षदेखि कतारमा सुरक्षागार्डका रूपमा कार्यरत छन् । नेपालमा छँदा नेपाली सेनामा कार्यरत थिए । ‘देशमा हुँदा होस् वा खाडी आउँदा परिवारसँग दसैं मनाउन पाएको छैन,’ उनले भने, ‘मेरो चाडपर्व त साथीभाइसँग मात्रै बितिरहेको छ ।’ उनले यसपालि जाने योजना बनाए पनि सफल हुन सकेन् । ‘हाम्रो करार अवधि दुई–दुई वर्षको हुन्छ । त्यो सधैं दसैं पछाडि मात्रै सकिन्छ,’ उनले भने, ‘यसपालि आफ्नै टिकट काटेर भए पनि जाउँलाजस्तो लागेको थियो । नाकाबन्दीले गर्नुगर्‍यो ।’ 

इरुउकटार ९ इलामका रेणु कार्कीले छोराछोरीलाई टीका नलगाइदिएको धेरै भयो । ‘छोराछोरीले आमा यसपालि त आउनुस् न भन्छन् । यताबाट फुत्त गइहाल्न मिल्दैन,’ उनले भनिन्, ‘विदेशमा रहँदा झन् चाडपर्वको महत्त्व बढदो रहेछ । हामी यहाँ महिलाहरू मिलेर दसैं मान्छौं । आफ्नो पर्व गौरवका साथ मान्छौं । झन् यहाँ अरू देशका पनि साथीहरू हुन्छन् । उनीहरूलाई देखाउन पाउँदा उत्साही हुन्छु ।’  

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय