मलेसियामा एकजनाको मृत्यु 

 

बलराम भट्ट, मलेशिया

नेपालीको प्रमुख गन्तव्य रहेको मलेसियामा अहिले करिब करिब ९ लाख हाराहारीमा नेपालीहरु कार्यरत छन् । आफ्नो र परिवारको उज्यालो भबिष्यको सपना बोकेर बिदेशीका कैयौं युवाहरुले आज अकालमा ज्यान गुमाइरहेका छन् । निलकण्ठ नगरपालिका काफलपानी घर भएका दिल बहादुर गुरुङको सोमबार सुतेकै ठाउँमा मृत्यु भएको हो । 

आज भन्दा ११ महिना पहिले काठमाडौको सामाखुसी स्थिति निम्बुस ह्युमन रेसोर्सबाट एक लाख चालीस हजार तिरेर मलेसियाको शाहआलम सेक्सन २६ मा अबस्थी तोङ्नाम ट्रान्फोर कम्पनीमा काम गर्न आइपुगेका दिल बहादुर गुरुङको मृत्यु भएको कुरा उनी सँगै काम गर्ने पाल्पाका जीवन नेपालले जानकारी दिएका छन् । 

आइतबार बेलुका सँगै खाना खाएर गफ गाफ गरि सुतेको साथी सोमबार बिहान डिउटी जाने बेलामा उठाउदा नउठेपछी हामीले कम्पनीलाई खबर गर्यौं उनले भने त्यसपछि कम्पनीको सहयोगमा हस्पिटल लगियो । हस्पिटलले दिल बहादुर गुरुङलाई मृत घोषण गरेको कुरा जीवन नेपालले जानकारी दिए ।  

मृतक दिल बहादुरको मासिक तलब मेनपावरले भनेको भन्दा निकै कम थियो । मेनपावरले पन्ध्र सोह्र सय आउँछ भनेर पठाएको भएपनि यहाँ एक हजार रिङ्गीट मात्र पाएको कुरा दिलसँग काम गर्ने साथिहरु बताउछन् । 

तलबबाट आएको पैसाले दैनिक घर खर्चमा मात्र सिमत हुनाले आउदा साहुको ऋण काडेर आएको रकम अझै तिर्न नसकेको कुरा कम्पनीका कार्यरत उनका निकट साथिहरुले बताए । 

मृतक दिल बहादुर गुरुङका आमा बुबा एक छोरा एक छोरी र श्रीमती छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय