कुवेतबाट गैरकानूनी रुपमा बसेकालाई घर  फर्काइयो 

हरिकृष्ण न्यौपाने, कुवेत

कुवेत सरकारले कानुनी हैसियत गुमाएर गैरकानुनी रुपमा बस्दै बिभिन्न पेशामा संलग्न आप्रबासी कामदारहरुलाई पक्राउ गर्दै देश निकाला गरेको छ । गल्फ न्युज पत्रीकामा जनाइए अनुसार कुवेत सरकारले सन २०१५ को ९ महिनामा २० हजार गैरकानुनी आप्रबासी कामदारहरुलाई पक्राउ गरी देश निकाला गरिसकेको छ।

उक्त पत्रीकाले जनाए अनुसार कुवेतमा कानुनी रुपमा रह्नको लागि आप्रबासी कामदारहरुले पालना गर्नु पर्ने नियम उलंघन गर्ने जो कोहिलाई पनि कुवेत सरकारले छुट दिने छैन  । 

कुवेतमा बिभिन्न मुलुकबाट कामका लागि आएका कामदारहरुले आफ्नो सम्झौता अनुसारको कम्पनी वा काम छोडेर तोकिए भन्दा अर्को काम गरेको, माग्ने काम गरेको वा लागुपदार्ध ओसारपसार र बिक्री बितरण गरेको वा कोठा भाडामा लिइ बिभिन्न गैरकानुनी कामहरु गर्ने गराइएको पाइएकाले त्यस्तालाई पक्राउ गरिएको हो।

अन्य ७ हजार आप्रबासी कामदारहरु कुवेतको प्रहरी नियन्त्रणमा रहेको तथा उनीहरुको वास्तविक स्थिती र स्पोन्सरसंगको कानुनी प्रकृया पुरा गरी छिट्टै उनीहरुलाई देश निकाला गरिने समाचारमा उल्लेख गरिएको छ।

उक्त समाचारमा केही कामदारहरुले गल्ती नगरे पनि उसको स्पोन्सर वा कम्पनीको कारण गैरकानुनी बन्न वाध्य भएको समेत जनाइएको छ । साथै २ महिना पहिले कामदारहरुको न्युनतम सेवासुबिधा नदिने १सय ५० भन्दा बढी कम्पनीलाई कुवेत सरकारले करबाही गर्दै अन्य ६० कम्पनीमा पनि छानबिन गरिरहेको जनाइएको छ।

पत्रीकाका अनुसार हाल करिब ३३ लाख जनसंख्या रहेको कुवेतमा तीन भागमा दुई भाग करिब २२ लाख आप्रबासी कामदार रहेका छन। त्यसमा पनि बढीजसो एसियन घरेलु कामदार र निर्माण क्षेत्रका कामदार रहेका छन।कुवेतको कामदार सम्बन्धी नियम अनुसार जब सम्म सम्बन्धित स्पोन्सर वा कम्पनीले काम छाड्न वा काम परिवर्तन गर्न स्वीकृत दिदैनन कुनै पनि आप्रबासी उसकै अधिनमा रहनु पर्ने हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय