११ औं सिविटीको फारम कात्तिक १५ देखि 

काठमाडौ, कात्तिक ३

रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत कोरिया आएर एक कार्यकाल पुरा गरेका नेपालीलाई पुनः कोरिया जानका लागि सञ्चालन गरिने सिबिटीको आवेदन फारम खुलेको छ । यो ११ औँ सिविटी हो । आवेदन फारम आगामी कात्तिक १५ गतेदेखि १७ गतेसम्म वितरण गरिनेछ । 

फारम बिहान आठ बजेदेखि बेलुका साढे पाँच बजेसम्म वितरण गरिने ईपिएस कोरिया शाखाले जनाएको छ । उक्त भाषाको परीक्षा भने मंसिर १६ गतेलाई तय गरिएको छ । परीक्षाको तालिका कात्तिक ३० गते प्रकाशन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा भने आगामी पुस ३ गते प्रकाशन हुनेछ । उक्त रकम फारम भर्ने अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाँको हिसाब हुने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र कोरिया सरकारबीच सम्पन्न समझदारी अनुसार कोरियामा गएर काम गरेर फर्केका नेपाली नागरिकले विशेष भाषा परीक्षाका लागि आवेदन दिन पाउनेछन् । 

आवेदक फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गैर कानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाएको र १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय