१० हजारलाई सीप सिकाएर विदेश पठाउने तयारीमा सरकार

काठमाडौं, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले गन्तव्य मुलुकमा काम गर्ने नेपाली कामदारको सुरक्षा र संरक्षणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग आवश्यक रहेको बताएका छन् । एनआरएनएको सातौँ विश्व सम्मेलनका क्रममा शनिबार आयोजित आप्रवासी कामदार र नेपाली अर्थतन्त्र विषयक छलफलमा उनले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउने र दक्ष बनाउने अभियानमा बोर्ड लागेको पनि बताए ।

‘हामी यही वर्षभित्रमा कम्तीमा १० हजारलाई सीप सिकाउने र दक्ष कामदार बाहिर पठाउने तयारीमा छौँ,’ उनले भने, ‘अर्को वर्षसम्म त्यस्तो संख्या ५० हजार पुर्‍याउने योजना छ ।’ उनले केही वर्षमा त्यो संख्या डेढ लाख पुग्ने दाबी गरे । कार्यक्रममा पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले महिलालाई वैदेशिक रोजगारीमा जान रोक्नेभन्दा पनि सरकारले उनीहरूको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताइन् ।

‘मुखले बोलेर महिला अधिकारका कुरा गर्ने पितृसत्ताका कारण समस्या भएको छ,’ उनले भनिन्, ‘महिलालाई वैदेशिक रोजगारीमा रोक्ने होइन, सशक्तीकरण शिक्षा दिएर पठाउन ध्यान दिनुपर्छ ।’ एनआरएनएका संरक्षक रामेश्वर साहले सामूहिक लगानीकोषका लागि ठोस नीति आवश्यक भएको बताए । उनले राज्यले ठोस नीति बनाउन नसकेकाले विदेशबाट प्राप्त रकम उत्पादनमूलक काममा लाग्न नसकेको जानकारी दिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय