दशैं विदा अघि नेपालमा रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य कति ?    

काठमाडौं, कात्तिक २

दशैं विदा हुनु अघि सोमवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३९ पैसा र विक्रि दर २८ रुपैंयाँ ५६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३१ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७५ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ७७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ९१ पैसा छ । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

सोमवार कुवेती दिनारको खरिददर ३४२ रुपैंया ७७ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ २२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय