कुवेतमा नेपालीले नै धर्मपुत्री बनाइन् नेपालीकी छोरीलाई 

कुवेत, कात्तिक २

काखमा ७ महिने छोरी च्यापेर उनको पालनपोषण गरिदिने मान्छे खोज्दै हिडेकी कमला आचार्यकी छोरीलाई कुवेतमै बस्दै आएकी माया बीसीले धर्मपुत्रीका रुपमा जिम्मेवारी लिएकी छिन् । छोरीलाई जिम्मा लिइदिएपछि कमला भनें आवश्यक प्रकृया पुर्यार्इ नेपाल फर्किन प्रहरी कार्यालयमा गएकी छिन् । 

आममाफी नखुलेसम्म आफ्नो साथमा राखेर लालनपालन गर्ने र शिक्षादीक्षा दिलाउने बताउदै दाङ धनौरी ६ घर भई हाल कुवेतको मंगाफमा बस्दै आएकी माया बिसीले ७ महिने दुधे बालिकालाई धर्मपुत्रीका रुपमा पाल्ने भएकी हुन् । उनले ति बालिकालाई कमला बस्दै आएको निवास हसबियामा गएर ल्याएकी हुन् । 

छोरीलाई कुनै कुरामा कमी हुन नदिने भन्दै मायाले नेपालमा पनि एक बच्चालाई धर्मपुत्रका रुपमा पालनपोषण गरी हुर्काएको र अहिले छोरो १८ बर्ष भएको बताउँछिन । मायाले कमलालार्इ केही आर्थिक सहयोग समेत गरेकी छिन ।

करिब ४ बर्षदेखी ‘कुवैतमा गैरकानुनी रूपमा अघोसित श्रीमान श्रीमतीका रुपमा बस्दै आएका विराटनगरका झरारी राजबंशी र सुनसरीकी कमला आचार्यको कोखबाट जन्मिएकी छोरी नेपाल लैजान समस्या भएपछी कसैलाई दिएर नेपाल जाने भन्दै सहयोगका लागि कमला नेपाली दुताबास गएकी थिइन् । यो समाचार बिभिन्न संचारमाध्यममा प्रकाशित भएपछि मायाले ति बालिकालाई धर्मपुत्रीका रुपमा जिम्मेवारी लिएकी हुन । 

नेपालकुवेतबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय