कोरिया आएको तीन हप्तामै प्राणघातक रोग 

सोल, कात्तिक २

ईपीएसमार्फत रोजगारी गर्न कोरिया आएको केहि दिनमै एक जना नेपाली कामदारलाई प्राणघातक रोग हेपाटाईटिस बी लागेको छ ्र ताप्लेजुङ थिङलाबुका दर्शन ओख्राबुलाई कोरिया आएको ३ हप्तामै हेपाटाईटिस बी भएको हो ।

दर्शन गत सेप्टेम्बर २४ मा मात्र कोरिया आएका हुन् ्र उनि नाम्याङजुमा रहेको सोल फर्निचर उद्योगको कामदारको रुपमा आएका हुन् । त्यहाँ उनीसंगै अरु तीन नेपाली कार्यरत छन । केहि दिन काम गर्ने बित्तिकै स्वास्थ्यमा सन्तुलन बिग्रीएपछि कम्पनीले अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणमा हेपाटाईटिस बी देखिएपछि दर्शन चिन्तामा परेका छन् भने कम्पनि ब्यवस्थापनले जसरी भए पनि नेपाल फर्काउन प्रयास गरेको छ ।

दर्शन पनि नेपाल फर्कन चाहन्छन तर कम्पनिले प्लेन भाडा आफै व्यवस्था गर्नु भनेपछि उनी समस्यामा परेका छन् । दर्शनको सहयोगका लागि किराँत याक्थुङ चुम्लुङ कोरियाले सहयोग अभियान संचालन गरेको छ । दर्शनको प्लेन भाडा र केहि सहयोग रकम संकलन भैरहेको सस्थाका अध्यक्ष सन्तोष मादेनले बताए । मादेनले दर्शनलाई सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध पनि गरेको छन् । 

फोनिज कोरियाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय