सवैभन्दा बढी रेमिट्यान्स खाडीबाट

पाल्पा, कात्तिक २

चाडपर्वको सुरुवातीसंगै पाल्पाका विभिन्न बैंक तथा वित्तिय संस्था र रेमिट्यान्स एजेन्टहरु मार्फत दैनिक १० देखि १५ करोड सम्मको रकम भित्रने गरेको छ  ।

नेपालीहरुको ठूला चाड बडादर्शैं र तिहार नजिकदै गर्दा सदरमुकाम तानसेन र साथै ग्रामीण बजार रामपुरको बैंकतथा रेमिट्यान्स एजेन्टहरुमा खुट्टा टेक्न नसक्नेगरी उपभोक्ताको भीड बढेको छ ।

बैंक तथा वित्तिय संस्थामा बढेको भीडभाडले पनि त्यहाँ कारोबार अत्याधिक भएको अनुमान लगाउन सहजै सकिन्छ । दसैंको अवशरमा मंगलवारबाट बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने भएकाले रेमिट्यान्सको रकम बढेको हो ।

नेपाल राष्ट्र बैंकको समेत कामकाज गर्ने सरकारी बैंकका रुपमा रहेको राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक वेद राम श्रीसका अनुसार दुई महिनाको कारोबार दशैं तिहार जस्ता चाडको बेलामा १५÷२० दिनमै हुन्छ । बैंकका अनुसार साउन र भदौ महिनामा भएको कारोबार र असोजको अन्तिम हप्ताको तुलना गर्दा बराबर हुन्छ । बैंकले राष्ट्र बैंक कोषका सदस्य रहेका बैंकलाई समेत भुक्तानी गर्ने हुँदा दैनिक १५ करोड बढीको कारोवार हुने गरेको जनाएको छ ।

उनका अनुसार नीजि क्षेत्रका बैंक तथा मनि ट्रान्फरहरुमा अहिले रेमिट्यान्स लिने उपभोक्ताको भिड नै लाग्ने गरेको छ उनीहरुले विभिन्न प्रचार गरेर समेत रेमिट्यान्सको कारोबार गर्ने गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रवन्धक बाबुराम कँडेलका अनुसार अन्य समयमा भन्दा चाडपर्वका बेला विदेशबाट रेमिट्यान्स बढी भित्रने गरेको छ ।  उनका अनुसार बैंकमा गत वर्षको भन्दा दोव्वर रेमिट्यान्स आउने गरेको छ । इन्भेष्टमेन्टमा अहिले दैनिक १ देखि डेढ करोडको रेमिट्यान्स रकम आउने गरेको कँडेलले बताए । पाल्पामा दैनिक १० करोड बढीको रेमिट्यान्स आउने भएता पनि अनुत्पादक मूलक क्षेत्रमा खर्च हुने गरेको उनले बताए ।

नेपाल बैंक र कृषि बैंकमा पनि चाडपर्व संगै भित्रने रेमिट्यान्सले बैंकमा कारोवार समेत बढाउने गरेको छ । हिमालन बैंकमा पनि अन्य दिनमाभन्दा रेमिट्यान्सको कारोबार ह्वात्तै बढेको सो बैंकले जनाएको छ । यस्तै नेपाल एसविआई बैंकमा पनि दैनिक १० देखि ४० लाखसम्म रेमिट्यान्स भित्रने गरेको छ । एसविआईमा विशेष गरेर भारतीय पेन्सनर र भारतका काम गर्नेको रकम बढी मात्रामा आउने गर्दछ ।

त्रिवेणी विकास बैंकमा पनि दैनिक १ करोडसम्म रेमिट्यान्स भित्रने गरेको प्रवन्धक वीरबहादुर सारुले बताए । माछापुच्छे बैंकमा पनि दैनिक ५० देखि १ करोडसम्मको रेमिट्यान्स कारोवार हुने गरेको सह–प्रवन्धक दिनेश पाण्डेल बताए । उनका अनुसार बैंकका ग्राहकको खातामै रकमआउने भएकाले त्यो रकम अझ बढ्ने गर्दछ । 

प्रभु बैंकमा समेत अहिले दैनिक रेमिट्यान्सको बृद्धि हुँदै गएको प्रवन्धक मुक्ती रामपन्थीले बताए । यस्तै पश्चिमान्चल डेभलपमेन्ट र्बैंकको तानसेन र रामपुर शाखामा गरी दैनिक ८० लाख बढी रेमिट्यान्स आउने गरेको शाखा प्रवन्धक चन्द्र मल्लले बताए ।

गरिमा विकास बैंकको तानसेन र रामपुर शाखामा गरी दैनिक ९० लाखसम्म रेमिट्यान्स आउने गरेको शाखा प्रमूख पुरुषोत्तम पाण्डेले बताए । कर्मसियल बैंकको भन्दा फाइनान्स कम्पनीको बचत व्याजदर बढी भएकाले रेमिट्यान्सबाट आएको रकम बचत गर्नेको भिड नै लाग्ने गरेको पश्चिमाञ्चल फाइनान्स कम्पनीका प्रवन्धक दुर्गा थापाले बताए ।

यस्तै तानसेनमा रेमिट्यान्स मनि ट्रान्सफर कम्पिनिका एजेन्ट पनि आधा दर्जन रहेका छन् । पाल्पा मनि ट्रान्फर, न्यू प्रधान मनि ट्रान्सफर, प्रभु मनि ट्रान्सफर, बज्र मनि ट्रान्सफर, न्यू गणेश मनि ट्रान्फर, मायालक्ष्मी ट्रेर्डसमा समेत दैनिक २ करोड बरावरको रेमिट्यान्स भित्रिने गरेको संचालकहरु बताउँछन् ।

पाल्पामा चाडपर्वको बेलामा दैनिक ३ करोडसम्मको रेमिट्यान्स आफ्नो संस्थामार्फत आउने गरेको पाल्पा मनि ट्रान्सफरका संचालक सर्जुलाल बज्राचार्यले बताए । उनका अनुसार सबैभन्दा बढी खाडी मुलुकबाट रेमिट्यान्स पाल्पामा आउने गर्दछ । पूर्वी पाल्पाको रामपुरमा समेत आधादर्जन वित्तिय संस्था, मनि ट्रान्सफर र सहकारी मार्फत दैनिक १ करोड बढीको रेमिट्यान्स आउने गरेको रामपुर सहकारीका व्यवस्थापक भूपति पाण्डेले बताए । यस्तै सदरमुकामसंगै प्रभासमा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंक, आर्यभन्ज्याङ्गको भृकुटी विकास बैंक र रावा बैंकमा समेत अहिले लाखौंको रेमिट्यान्स आउने गरेको सम्बद्ध बैंकहरुले जनाएका छन् ।

पाल्पामा आइएमई, वेस्टर्न युनियन, सिजि, मनिग्राम, नेविल रेमिट, हिमाल रेमिट, रिलायवल, एनविएल रेमिट, वेस्ट, प्रभु, आरविवि, सम्सरा, सेवा,सेन्चुरी, सिद्धार्थ, लगाएतका दुई दर्जन बढी कम्पनीहरु मार्फत भारत, साउदी, कोरिया, मलेसिया, जापान, कुवेत, दुवै, कतार लगायतका देशहरुबाट बढी मात्रामा रेमिट्यान्स आउने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय