युएईमा दशैंको अवशरमा टीका, खाना र मनोरञ्जन  

भूपराज बस्याल, दुवई, कात्तिक २ 

स्याङ्गजा  सहयोग समाज युएईको क्षेत्रीय समितिले यहि आउदो अक्टोबर २३ तारिक शुक्रबार जाबिल पार्कमा दशैंको अवशरमा सामुहिक टीका लगाउने तथा दशैँ धमाका कार्यक्रम गर्ने भएको छ। 

सो अवशरमा पिकनिक सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्न लागेको हो।  ठुलो पर्वमा घर परिवारसंग मिलन हुन नपाएकाहरुलाई आफ्नै घरको तिर्सना मेटाउन रातो टीका, पहेंला जमरा लगाएर दशैं मनाउन लागिएको दुबई क्षेत्रका कार्यबाहक अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। 

सेल रोटि, चुकाउनि, खसीको मासु लगायतका बिभिन्न परिकारहरुका साथमा छुट्टै रौनकका साथमा यसपालीको दशैँ मनाउन लगिएको संस्थाका सह सचिव कल्पित भण्डारीले जानकारी दिए ।  

परदेशको पीडालाई भुलेर खुशीमा रम्दै कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न यहाँ रहेका सम्पूर्ण समाज सेबी, पत्रकार, तथा अन्य नेपालीलाई उपस्थितिको लागि स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले आग्रह गरेका छन्। 

दुबई क्षेत्रले आयोजना गरेको दशैँ कार्यक्रममा सम्पूर्ण स्यांग्जा सहयोग समाज युएईको सहयोग रहने जानकरी केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकरी दिए । 

स्यांग्जा सहयोग समाज युएईले आयोजना गरेको टिकाटालो तथा पिकनिक  कार्यक्रममा अग्रजहरुको हातबाट टीका लगाउदै विभिन्न प्रकारकाका खाना सहित सेलरोटी, चुकाउनि, खसीको मासु, पुलाव तथा विभिन्न परिकार सहित  मनोरन्जनका साथ मनाइने जानकारी आयोजकले दिएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय