जिफन्ट, वागतमतिद्धारा चियापान, ऐक्यवद्धता कोषमा २ लाख २५ हजार 

काठमाडौं, कात्तिक १ नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट), बागमति अञ्चल कमिटीले बडा दशैंको अवशर पारेर चियापान कार्यक्रम आयोजना ग¥यो । मनमोहन मजदुर भवन, पुतलिसडकको प्राङगणमा आयोजित चियापानमा सयौं श्रमिकको सहभागिता थियो । 

चियापान कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधान घोषणा पश्चातको स्थीतिका बारेमा चर्चा गर्नुभयो । यसैगरी महासचिव लम्सालले श्रम शक्तिको विकास नभएसम्म राज्यले श्रमिकका मुद्धा ध्यानपूर्वक नसुन्ने भन्दै संगठन विस्तारमा जोड दिनुभयो । उहाँले युनियनलाई बलियो बनाउन सवै एकजुट भएर सदस्य विस्तारमा जुट्नुपर्ने भन्दै त्यसका लागि जिफन्टका सम्पूर्ण नेताकार्यकर्ता लागि पर्नुपर्ने धारणा राख्नुभयो ।  

सोही अवशरमा जिफन्ट आवद्ध विभिन्न घटक युनियनहरुले ऐक्यवद्धता कोषमा २ लाख २५ हजार रकम हस्तान्तरण गरे । जिफन्ट ललितपुर जिल्ला कमिटीले ऐक्यवद्धता कोषमा ५० हजार हस्तान्तरण ग¥यो । यसैगरी जिफन्ट भक्तपुर जिल्ला कमिटी, जिफन्ट काभ्रे कमिटी, जिफन्ट नुवाकोट कमिटी तथा जिफन्ट सिन्धुपाल्चोक कमिटीले पनि जनही २५ हजार रकम ऐक्यवद्धता कोषमा हस्तान्तरण गरे । 

यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, कलंकी ईकाईले पनि २५ हजार हस्तान्तरण ग¥यो । समग्र उद्योग ट्रेड युनियन, ईन्दुशंकर चिनि उद्योग सर्लाही तथा समग्र उद्योग ट्रेड युनियन, नोभा जेनेटिका, धादिङले पनि कोषका लागि २५२५ हजार हस्तान्तरण गरे । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जिफन्ट बागमति अञ्चल कमिटीका अध्यक्ष रामहरी नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय