तरकारीबाट नै राम्रो आम्दानी

अर्घाखाँची, नरपानी जगतका नेत्रलाल विश्वकर्मालाई ८ वर्षअघि बिहान–बेलुका छाक टार्नै समस्या थियो। भिरालो पाखो बारीमा वर्ष दिन दुःख गरेर छ महिनालाई खान नपुग्दा ज्यालामजदुरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता थियो उनलाई। ज्याला मजदुरीले परिवार पाल्न मुस्किल थियो। तर अहिले भने उनको त्यो अवस्था हटेको छ। त्यही पाखोबारीबाट अहिले लाखौं आम्दानी गर्न उनी सफल भएका छन्। व्यावसायिक तरकारी खेतीमा लागेपछि उनको जीवनस्तरमै परिवर्तन आएको छ। ‘दस रोपनी पाखोबारीमा मेरो भविष्य चम्कियो,’ उनले भने, ‘कतार जाने भिसा रद्द गरेर तरकारीमा हात हालेको हुँ।’

एक, दुई सय रुपैयाँ नभएर भोकै बसेका दिन पनि छन् तर अहिले खल्तीमा १५, २० हजार रुपैयाँ कहिल्यै नटुट्ने उनले बताए। उनको बारीमा अहिले अहिले सिमी, बोडी, काँक्रो, लौका, गोभीलगायत तरकारी लटरम्मै फलेका छन्। ‘हिउँद वर्षा बाह्रैमास तरकारी उत्पादन भएको छ,’ उनले भने, ‘खर्च कटाएर वर्षमा ३ लाख वचत गरेको छु।’ उनीजस्तै ज्ञानकुमारी थापाको जीवन पनि तरकारीबाट चम्किँदै गएको छ। ‘बाँदर लाग्ने त्यही बारीले कुनै बेला छ महिना खान पुगेन तर अहिले त्यही बारी आम्दानीको स्रोत भएको छ,’ उनले भनिन्, ‘दस रोपनीमा गरेको तरकारी खेतीबाट वर्षमा साढे तीन लाख कमाइ भएको छ।’

‘पाखोबारीले खान नपुग्दा ऋण काढेर चामल किन्नु परेको सम्झना हिजोजस्तै रहेको भन्दै उनले अब ती दिन गएका बताइन्। उनले पक्की घर बनाएकी छन्। उनीहरूजस्तै नरपानीका १ सय १५ परिवारले तरकारी खेतीबाट वर्षमा ४० हजारदेखि ५ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका छन्। खेतीमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय