घर जान पाइएन 

मलेसिया, दशैं मनाउन घर फर्किन विदा लिइसकेको नेपालीले हवाई टिकट नपाएपछि बिचल्लीमा परेका छन् । घर फर्कन कम्पनीबाट छुट्टी लिइसकेका नेपाली यात्रुले हवाइ टिकट नपाउदा सास्ती व्यर्होनु परेको हो । मलेसियाबाट चाडपर्व मनाउन घर फर्किन लागेका नेपाली श्रमिकले टिकट नपाएकै कारण विदेशमै दशैं मनाउन बाध्य हुनु परेको छ ।

नेपालमा हवाइ इन्धनको अभाव भन्दै जहाज कम्पनीले भार क्षमता भन्दा कम यात्रु बोक्न थालेपछि घर फर्किन लागेका नेपाली समस्यामा परेका हुन् । टिकट पाइहाले पनि नेपालीहरु चर्को मुल्य तिर्न बाध्य छन् । हवाइ भाडा वृद्धि हुँदा घर फर्किन लागेका वैधानिक भन्दा अवैधानिक कामदार बढी मर्कामा परेका छन् ।

हवाइजहाज कम्पनीहरुले दसैंको मुखमा नै टिकटको मुल्य वृद्धि गरेपछि नेपाली श्रमिकमा असर परेको हो । केही श्रमिकले दशैंमा घर जाने योजना  कटौती गरेका छन् । हवाइ टिकटका लागि क्वालालम्पुरको एक ट्राभल एजेन्सी अगाडि भेटिएका एक नेपाली श्रमिकले सोचेभन्दा बढी आर्थिक भार थपिएको बताए । समयमा टिकट नपाउँदा यस पटकको दशैं मलेसियामै मनाउन लागेको उनले बताए ।

प्राय हवाइ कम्पनीका २२ तारिखसम्मका टिकट बुकिङ्ग भइसकेको ट्राभल एजेन्सीहरुले बताउने गरेका छन् । केही ट्राभल एजेन्सीहरुले चर्को मुल्यमा समेत टिकट विक्रि गर्न थालेका छन् । विशेषत दशैंको टीकाका दिनसम्म घर पुग्ने योजना बनाएका नेपालीले समयमा टिकट नपाउँदा मलेसियामा नै दशैं मनाउन लागेका हुन् । ५ सय ७० मलेसियन रिंगेटमा एकतर्फी पाइने टिकट अहिले झण्डै दोब्बर मुल्य तिर्दा पनि पाउन मुस्किल बनेको हो ।

क्वालालम्पुरमा रहेको आइ ट्राभल एण्ड टुर्सका इन्द्र कुवँरका अनुसार अहिले ७ सय ७० सम्ममा हवाइ टिकट उपलव्ध गराइएको छ । नेपाल र मलेसियाका लागि विभिन्न ५ वटा एयरलाईन्स कम्पनीले नियमित उडान भर्दै आई रहेका छन् । नेपाल एयरलाइन्स, एयर एसिया, मलिन्डो एयरलाइन्स र मलेसिया एयरलाइन्सले मलेसिया नेपालनियमित उडान भर्दै आएका छन्  । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय