शेष घले पुनः अध्यक्षमा निर्वाचित 

काठमाडौं, असोज २९ शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन्। बिहीबार काठमाडौमा भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई ६०१ मतले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।

घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका थिए। विहिबारको निर्वाचनले आगामी दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

दुई उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाए । त्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भए । कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । 

एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ विजयी भएका छन् । अमेरिका संयोजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेपा विजयी भए । मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी विजयी भए । उनीहरुको कार्यकाल क्रमशस् एकएक वर्षको रहने छ । 

यस्तै यूरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए भने उपसंयोजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ विजयी । ओसनिया संयोजकमा महेन्द्रकुमार लम्साल र उपसंयोजकमा रमेश जोशी विजयी । 

 

अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भए भने उपसंयोजकमा कुनै उम्मेदवारी नै परेन । यस्तै, युवा संयोजकमा विजय पोखरेल विजयी भए भने उपसंयोजक लोकराज शर्मा निर्विरोध निर्वाचित भए । महिला संयोजक सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान विजयी भए । आगामि दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय