झण्डै ७ लाख र सुन लिएर भागिन् एक नेपाली महिला  

 

कुवेत, असोज २८- कुवेतको नेश्नल क्लिनिङ कम्पनीमा कार्यरत फरवानिया क्याम्पमा बस्ने च्याङली–६ गोरखा घर भएकी सीता खत्री सोही कम्पनीमा काम गर्ने सहकर्मीहरुको ७ लाख नेपाली रुपैया भन्दा बढी रकम र केहि सुन सहित लिएर  कुवेतबाट फरार भएकी छिन् ।

विगत २ वर्ष देखि सहकर्मीको मासिक तलबलाई व्याजमा लगाइदिने बहानामा पैसा फुत्काउने गरेकी सीताले बेला बेलामा साँवा व्याज बुझाउँदै पुनः पैसा लिँदै आएकी थिइन् । पछिल्लो पटक भने आफ्ना सहकर्मीको २१ सय कुवेती दिनार र २० ग्राम सुन लिएर उनी सुटुक्क नेपाल गएको खबर पीडितहरुले दिएका छन । 

उनी सँगै एकै कम्पनीमा काम गर्ने पीडित सहकर्मीले बताए अनुसार उनीसागै काम गर्ने सुश्मा सापकोटाको १३ सय केडी र २० ग्राम सुन, सुनीता सार्कीको ४ सय ३५ केडी, बिमला खड्काको १ सय ५० केडी र माया लिम्बुको २ सय केडि सहित करिव २१ सय केडी लिएर उनी कुवेतबाट फरार भएकी हुन । 

पैसा लिएर केहि दिन देखि  उनी वेपत्ता भएपछि खोज तलास सोधपुछ गर्दा उनी नेपाल पुगेको पत्ता लागेको पीडितहरुले बताए । नेपालमा सम्पर्क गर्न खोज्दा भाइवर, इमो, फेसबुक सबै ब्लक भएकोले सम्पर्क हुन नसकेको पीडितहरु बताउँछन ।

प्राप्त जानकारी अनुसार उनी कुवेतमै छँदा दुवइको लागि भिसा प्रोसेस गरिरहेको र दुवइको भिसा प्राप्त गर्ने बित्तिकै कुवेतबाट भागेर नेपाल गई दुवइ तिर लागेको अपुष्ट जानकारी प्राप्त गरेको पीडित सापकोटाको भनाई छ । 

दशकौ देखि कुवेतमा काम गर्दै आएका सहकर्मी समेत ठगिएको यस घटनामा आफ्नै कम्पनीकी सहकर्मी साथी त्यसमा पनि महिला र नेपाली नै भएकाले पुर्ण भरोसामा बैंकमा राखे जस्तै गरि साथीहरुले उनीलाई व्याज आउने आसामा कम्पनीको तलब तथा अन्यत्र पार्टटाइमबाट कमाएको पैसा दिने गरेको बताउँछन । बर्षौदेखि कमाएको पैसा सहकर्मीले ठगेर भागे पछि पीडितहरु चिन्तामा डुबेका छन भने असुलीका लागि के प्रकृया अपनाउने भन्नेमा दोधारमा रहेका छन् ।                  

यस बारेमा नेपाली दूतावास कुवेतका द्धित्तीय सचिव अम्बिका जोशीले यस विषयमा कुनै उजुरी नपरेको बताइन् । 

नेपाल कुवेत डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय