
काठमाडौं, असोज २८ – एनआरएनएको अध्यक्षका उम्मेदवार रतन झाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले अर्का उम्मेदवार टीवि कार्कीको पक्षमा समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् । अमेरिकामा बस्दै आएका झाको उम्मेदवारी खासगरी शेष घलेको विपक्षमा रहेको अनुमान यसअघि गरिंदै आएको थियो ।
झाको उम्मेदवारी फिर्ता भएपछि अव चुनावी मैदानमा शेष घले र टीवि कार्की दुई मात्र बाँकी रहेका छन् । झाको समर्थन पश्चात अमेरिका, बेलायत, क्यानाडा लगायतका देशबाट केहि मत कार्कीको पक्षमा बढ्ने निश्चित देखिएको छ । यसले आज हुन गइरहेको चुनावलाई अझ रोचक मोडमा पुर्याएको छ ।