काँग्रेस घलेका पक्षमा, एमालेद्धारा स्वविवेक प्रयोग गर्न आग्रह

काठमाडौं, असोज २८- अहिले केहि बेरमा सुरु हुन गइरहेको एनआरएनएको नयाँ नेतृत्वको चुनावमा कुन राजनीतिक दलले कसलाई समर्थन गर्ला ? अहिलेसम्म धेरैले चासोका साथ पर्खिरहेका छन् । यो अवस्थामा नेकपा एमाले निकट मानिएका टीवि कार्कीलाई एमालेले प्रष्ट समर्थन गरेको छैन । महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुलाई नेकपा एमालेको नेतृत्वले उपयुक्त व्यक्तिको छनौट गर्न सुझाव दिएको छ । यसले कार्कीलाई भनें केहि घाटा लागेको छ । उनलाई एमालेले प्रष्ट समर्थन गरेको भए जीतका लागि सहज हुने निश्कर्षमा कार्की रहेका थिए । तर पनि चुनावी अभ्यासमा निक्कै पोख्त तथा लामो समयदेखि एनआरएनएको नेतृत्व तहमा बसेका कार्कीको चुनावी अभियान निक्कै आक्रामक छ । 

अर्कातिर नेपाली काँग्रेसले भनें आफ्ना पार्टी निकटका प्रतिनिधिहरुलाई शेष घलेलाई भोट हाल्न सुझाव दिएको छ । हालसम्म खुलेर नै काँग्रेसले घलेका पक्षमा नवोलेपनि अनौपचारिक रुपमै त्यस्तो सन्देश होटल सोल्टी पुर्याइरहेको छ । अघिल्लो पटकको चुनावमा पनि काँग्रेसले घलेलाई समर्थन गरेको थियो ।  

तेश्रो ठूलो दल एकिकृत नेकपा माओवादी पनि हालसम्म यसबारेमा खुलेर बोलेको छैन । अघिल्लो चुनावमा घलेलाई नै समर्थन गरेको एमाओवादीले अन्तिम समयमा यसबारेमा निर्णय गर्ने अनुमान गरिएको छ । 

आगामी कार्यकालका लागि कार्की, घलेसँगै रतन झा अध्यक्षको चुनावी मैदानमा छन् । रतन झाले प्राप्त गर्ने भोटले नै कार्की वा घले मध्ये कसले चुनाव जित्ने अनुमान एनआरएनएको महाधिवेशनमा भाग लिन आएकाहरु अनुमान लगाइरहेका छन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय