दुतावासले रद्ध गर्यो सम्झौता

मलेसिया,  मलेसियामा रहेका अवैधानिक नेपाली श्रमिकलाई घर फर्काउन एक निजी सस्थासँग गरिएको साझेदारी नेपाली दूतावास मलेसियाले रद्ध गरेको छ । मलेसियाको अध्यागमन विभागका पुर्वकर्मचारीहरुको संगठन कोपरासी ईमिग्रेशन बरहार्डसँगको सहकार्य बन्द गरिएको राजदूतावासद्धारा सोमवार प्रकाशित सूचनामा उल्लेख छ । 

 

अवैधानिक कामदारलाई नेपाल फर्काउने पुर्वसहमति बमोजिम १२ सय ८० रिंगेट लिंदै आएको कोपरासीले हवाईभाडा वृद्धि भएको भन्दै १४ सय ८० बनाएपछि राजदूतावासले सहकार्य बन्द गरेको हो । यसअघि एकतर्फी हवाई टिकट, अध्यागमनको जरिवाना, विमा, परिबहन खर्च लगायत गरी १२ सय ८० रिंगेट शुल्क तय गरिएको थियो ।

 

राजदूतावासले उपलब्ध गराउने यात्रा अनुमति पत्रका लागि १ सय ६० रिंगेट र कोपरासीले लिन थालेको १४ सय ८० रिंगेट घर फर्किने अवैधानिक नेपाली श्रमीकले तिर्नु परेको थियो  । नेपाली कामदारको हितलाई दृष्टिगत गरी कोपरासीले बढाएको शुल्कमा सहमत हुन नसकिएको जारी सूचनामा जनाइएको छ ।

 

घर फिर्तीका लागि सयौंको संख्यामा नेपालीहरु दूतावास आउने गरेका छन् । स्रोतका अनुसार दसैं नजिकँदै गर्दा घर फर्कनका लागि दूतावास आउनेको संख्या झण्डै दोब्बरले बढेको छ । अबैधानिक नेपाली श्रमिक घर फर्किन चाहेका मलेसियास्थित नेपाली दतावासबाट यात्रा अनुमति पत्र लिने र मलेसियाको अध्यागमनबाट ‘चेक आउट मेमो’ लिएर नेपाल फर्किन सक्ने छन् । 

 

यात्रा अनुमतिपत्र बाहेक ‘चेक आउट मेमो’ का लागि चाहिने ४०० रिङ्गेट र टिकट दर श्रमिक आफैँले व्योहोर्नुपर्ने छ । दूतावासले घर फर्किन चाहने श्रमिकलाई अध्यागमनमा आफैँ उपस्थित हुन भने पनि अवैधानिक श्रमिक भने प्रहरीको डरले आफैँ अध्यागमनसम्म जान सक्दैनन् । सुरक्षका लागि दलालको सम्पर्कमा पुगेका उनीहरुसँग दलालले चर्को रकम असुली गर्ने गरेको सरोकारवाला बताउँछन् । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय