शुक्रवार नेपालमा रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य कति छ ?    

काठमाडौं, असोज २२- शुक्रवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५३ पैसा र विक्रि दर २८ रुपैंयाँ ६९ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा प्रतिरियाल एकपैसा कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४५ पैसा छ । यो अघिल्लो दिन भन्दा प्रति दिरहम दुई पैसा बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ७० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८६ पैसा रहेको छ । यो पनि विहिवार भन्दा प्रतिरियाल एक पैसा बढी हो । 

मलेसियन रिंगिटको भाउ केहि बृद्धि भएको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६७ पैसा छ । यो अघिल्लो दिनको भन्दा प्रति रिंगिट झण्डै २० पैसा कम हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

शुक्रवार कुवेती दिनारको खरिददर ३४३ रुपैंया ७९ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय