भुपराज बस्याल, युृएई असोज २२
दुबाईमा रहेको आबिर जेलमा रहेका नेपालीहरुको अवस्था बुझ्न गैर आबासिय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद, युएईको टोलि बिहिबार कारागार पुगेको छ।
नयाँ जोश र जाँगरका साथ युएइमा रहेका नेपालीलाई सुसुचित गर्न अगाडि बढेको युएईको एनआरएन कारागारमा रहेका नेपालीको अवस्थासंगै समस्या समाधानको उपाय खोज्न संस्थाका उपाध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा महिला ससंयोजक कल्पना राईसहितको २ सदस्यिय टोली दुबई स्थित कारागारमा पुगी बिबरण संकलन गरेको हो।
यहाँको नियम कानुन राम्रोसंग नबुझदा धेरै नेपालीहरु जेल परेको देखिएको उपाध्यक्ष श्रेष्ठले बताए । जेलमा रहेका १४ जना नेपाली मध्ये करीब आधा जति जाँड, रक्सीको मुद्धामा सजाय भोक्दै आएका छन्। जहाँ पायो त्यहि रक्सी सेवन नगर्न, अपरिचित व्यक्तिको मोवाईलबाट कुरा गर्न वा आफ्नो मोवाईमा कुरा गर्न नदिन, अपरिचित ब्यक्तिसंग फेशबुक लगायतका सामाजिक संजालमा कुरा नगर्न कारागार पुगेर फर्केका उपाध्यक्ष रमेश श्रेष्ठको सुझाव छ। मृत्युदण्डको समेत सजाय हुन सक्ने देशमा अति संयमित भएर बस्नुपर्ने उहाँले बताउनुभयो । श्रेष्ठले कारागारमा रहेका नेपालीलाई छुटाउन पहल गर्ने बताउनुभयो ।