
काठमाडौं, असोज २१- विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५२ पैसा र विक्रि दर २८ रुपैंयाँ ६८ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा थोरै कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४४ पैसा छ । यो पनि अघिल्लो दिन भन्दा केहि कम हो । साउदी रियालको खरिददर २७ रुपैंया ६९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८५ पैसा रहेको छ । यो पनि बुधवार भन्दा केहि कम हो ।
मलेसियन रिंगिटको भाउ केहि बृद्धि भएको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ७५ पैसा छ । यो अघिल्लो दिनको भन्दा प्रति रिंगिट झण्डै एक रुपैंया बढी हो । तर केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
विहिवार कुवेती दिनारको खरिददर ३४३ रुपैंया ७७ पैसा छ । बहराइन दिनारको खरिददर २५६ रुपैंयाँ १० पैसा छ । यी दुवैको मूल्य बुधवार भन्दा केहि कम हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।