काठमाडौं, असोज २०- बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६२ पैसा र विक्रि दर २८ रुपैंयाँ ७९ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा थोरै बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५४ पैसा छ । यो पनि अघिल्लो दिन भन्दा केहि बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ७९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९५ पैसा रहेको छ । यो पनि मंगलवार भन्दा केहि बढी हो ।
मलेसियन रिंगिटको भाउ थोरै बृद्धि भएको छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ९६ पैसा छ । यो अघिल्लो दिनको भन्दा थोरै बढी हो । तर केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
बुधवार कुवेती दिनारको खरिददर ३४४ रुपैंया ८० पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ११ पैसा छ । यी दुवैको मूल्य मंगलवार भन्दा केहि बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।