मंगलवार नेपालमा कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?  

काठमाडौं, असोज १९- मंगलवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५७ पैसा र विक्रि दर २८ रुपैंयाँ ७३ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा प्रति रियाल झण्डै २० पैसा कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४९ पैसा छ । यो पनि अघिल्लो दिन भन्दा १४ पैसा कम हो । साउदी रियालको खरिददर २७ रुपैंया ७४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९० पैसा रहेको छ । यो पनि प्रति रियाल १३ पैसा कम हो । 

मलेसियन रिंगिटको भाउ थोरै बृद्धि भएको छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८७ पैसा छ । यो अघिल्लो दिनको भन्दा प्रति रिंगिट ६ पैसा बढी हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

मंगलवार कुवेती दिनारको खरिददर ३४४ रुपैंया १३ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ५८ पैसा छ । यी दुवैको मूल्य सोमवार भन्दा केहि कम हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: