लक्ष्मण खनाल, युएई असोज १९
स्याङ्गजा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समिति स्याङ्गजाको पत्रकार भेटघाट कार्यक्रम स्याङ्गजा जिल्लामा अवस्थित समितिको कार्यालयमा सम्पन्न भएको छ ।
विश्वभरी छरिएर रहेका स्याङ्गजालीहरुको ऐतिहासिक पहिलो विश्व भेला तयारीको बारेमा जानकारी दिन सो भेटघाट गरिएको थियो । “समृद्ध स्याङ्गजाका लागि विश्व अभियान” भन्ने नाराका साथ यही अक्टुबर १९ र २० गते जिल्ला विकास समितिको सभाकक्ष स्याङ्गजा बजारमा विश्व भेला हुन गइरहेको छ ।
विश्वभर रहेका स्याङ्जालीहरुलाई आपसी भातृत्व, परस्पर सहयोग तथा समन्वयका लागि वातावरण तयार गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष अनन्तकुमार श्रेष्ठ पत्रकारहरुलाई जानकारी गराएका थिए । साथै उनले विश्वभरि छरिएर रहेका स्याङ्गजाली संघसंस्थाहरुमा करिब २० देशहरुवाट २ सय जना प्रतिनिधिको उपस्थिति रहने पनि जानकारी गराए ।