युएईमा एक नेपाली महिलालाई बंगालीद्धारा छुरा प्रहार 

युएई, असोज १८- युएईको र्याकमा एक नेपाली महिलालाई बंगाली युवाले छुरी हानेर घाइते बनाएका छन् । ति महिलालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी बंगाली युवालाई आक्रमणको ५ घण्टा भित्रै प्रहरीले नियन्त्रणमा लिएको छ । 

खालिज टाइम्सले छुरा प्रहार गर्ने ति पुरुष र महिला कुन देशका नागरिक हुन् भनेर खुलाएको छैन । सो अनलाइनले ३३ बर्षिय एसियाली पुरुषले २५ बर्षिया महिलाईलाई ज्यान मार्ने उद्धेश्यले छुरा हानेको र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

आक्रमणमा पर्ने नेपाली महिला दाङकी दीपा मगर रहेको जानकारी प्राप्त भएको छ । हाल उनलाई रस अल खेइमहको साकर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको पेटमा ठूलो चोट लागेको छ । तर हाल उनी खतरामुक्त रहेको जनाइएको छ । उनलाई भेट्न एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रविरमण अधिकारी लगायत गएपनि प्रहरीले भेट्न अनुमति दिएको छैन । 

उनले केहि दिन अस्पतालमै बस्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जनाएको छ । युएईको कानून अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई कानूनी कारवाही हुने सम्भावना छ । त्यसपश्चात उनलाई नेपाल फर्काइने छ । 

आक्रमणकारी बंगलादेशी नागरिक साफिकले आफू र दीपाबीच प्रेम सम्वन्ध रहेको र दीपाले प्रेमि फेरेपछि आक्रोशित भएर आफूले आक्रमण गरेको प्रहरीलाई बयान दिएका छन् । स्थानीय एक कम्पनीमा सफाइ कामदारका रुपमा काम गर्ने दीपालाई उनी बस्ने घर नजिकै गत शुक्रवार छुरा प्रहार गरिएको थियो । 

आक्रमण पश्चात दीपाले हारगुहार मागेपछि ति बंगलादेशी भागेका थिए । आक्रमणको जानकारी पाए लगत्तै आएको प्रहरीले उनलाई १५ मिनेट भित्रै अस्पताल पुर्याएको थियो । ति व्यक्तिले आफूले ज्यान मार्ने उद्धेश्यले नै आक्रमण गरेको प्रहरीसामु स्वीकारेको समाचारमा जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: