कतारमा बढ्यो कामदारको संख्या  

कतार, असोज १८- कतारमा गत बर्ष भन्दा यस बर्ष १ लाख ६० हजार जनसंख्या बढेको छ । अघिल्लो बर्षको सेप्टेम्वर र यो बर्षको सोही महिनाको जनसंख्याका आधारमा यो तथ्याँक सार्वजनिक गरिएको हो । 

कतारको विकास, योजना तथा तथ्याँक मन्त्रालयका अनुसार सेप्टेम्वरमा कतारको जनसंख्या २३ लाख ४७ हजार रहेको छ । यो अघिल्लो बर्ष भन्दा डेढ लाख भन्दा बढी हो भनें गत अगष्ट भन्दा ५८ हजार धेरै हो । 

यसले कतारमा बार्षिक ७ दशमलव ३ प्रतिशतले जनसंख्या बढिरहेको देखाएको दोहान्यूजले समाचार लेखेको छ । 

कतारमा ८० प्रतिशत भन्दा बढी आप्रवासी कामदार रहेका छन् । त्यहाँ मुख्य गरी नेपाली, भारतीय कामदार छन् । सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारमा विशेषगरी निर्माण मजदुरको ठूलो माग छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय