सोमवार नेपालमा कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?  

काठमाडौं, असोज १८ – सोमवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७१ पैसा र विक्रि दर २८ रुपैंयाँ ८७ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा केहि मात्र बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६२ पैसा छ । यो अघिल्लो दिन भन्दा कुनै फेरवदल छैन । साउदी रियालको खरिददर २७ रुपैंया ८७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३ पैसा रहेको छ । यो पनि स्थीर छ । 

मलेसियन रिंगिटको भाउ पनि स्थीर छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८२ पैसा छ । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

आइतवार कुवेती दिनारको खरिददर ३४५ रुपैंया ८२ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ २५ पैसा छ । यी दुवैको मूल्य आइतवार भन्दा केहि बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: