
सोल, असोज १८– दक्षिण कोरियामा आप्रवासी कामदारहरुले घरेलू, सिभिल, आपराधिक र श्रम मुद्धामा निःशुल्क कानुनी सेवा पाउने छन् । यो सुबिधा सोमबार देखि लागु हुने्र कोरियाको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरियन सरकार र कोरियाली बार एसोसिएशनद्धारा नियुक्त ५७ जना वकिलहरुले भाषाको कठिनाई र कानुनी परामर्शको लागि सहयोग गर्नेछन । यो कार्यवाट विदेशीलाई मद्धत मिल्ने अपेक्षा गरिएको छ ।
कानूनी परामर्श सेवा पहिलो चोटी २०१३ मा शुरु गरिएको थियो जुन गाउ वकिल प्रणालीको एक भाग हो । आप्रवासी कामदारले कानूनी सहायता लिन नसकेको स्थितिलाई मध्यनजर गर्दै उनीहरुका लागि काउन्टी र गाउँमा गाउ वकिल प्रणाली बिस्तार गर्ने निर्णय गरिएको न्याय मन्त्रालयले जनाएको छ । यो सेवा परिक्षणका लागि शुरुमा आप्रवासीको mबाहुल्य रहेको सोल र अन्य महानगरका १० वटा जिल्ला र क्षेत्रमा ७ जना वकिलले शुरु गर्ने जनाइएको छ । अन्य सात क्षेत्रमा देरिम २ – दोङ्ग योङ्गदम्फु, ईथेवन– दोङ्ग योङ्गसान, ग्वाङ्गहुई–दोङ्ग जुङ्ग, हेवा दोङ्ग जोंग्नो, चाङ्गसिन १ दोङ्ग जोंग्नो सोल , देवोन – दोङ्ग ओसान, दानवोन सेओन्बु–२ आनसान, वोन्मी गु बुछन ग्वाङ्गजेयोक– म्येयोन याङ्गजु र सुवन– ख्यंगगी रहेका छन् ।
कुनै पनि आप्रवासीले यो सुविधा लिनको लागि हाई कोरिया लगअन गरेर अथवा १३४५ मा फोन गरेर सेवा लिने मिति तय गर्न सकिने मन्त्रालयले प्रष्ट पारेको छ । सो मितिमा दोभाषेको व्यवस्था गरिने जनाईएको छ । यो सेवा २० वटा भाषामा उपलब्ध हुनेछ र कोरिया रहने सबै विदेशीले सेवा लिन पाउनेछन । न्याय मन्त्रालयका अनुसार कोरियामा अगष्टसम्म बिदेशीको संख्या १८ लाख पुगेको छ । यो कोरियाको कुल जनसंख्याको ३.६ प्रतिशत हो । अघिल्लो साल मात्र १२००० आप्रवासी कामदारहरुले आफ्नो कार्यकाल सकेर पनि फेरी कोरिया आउनको निम्ति आवेदन दिएका थिए ।
हेल्लोकोरियाबाट