६० बोतल घरेलु रक्सी सहित एक नेपाली पक्राउ 

कुवेत, असोज १७- कुवेतमा एक नेपाली घरेलु तरिकाले बनाइएको रक्सीको ठूलो परिमाण सहित फक्राउ परेका छन् । ति व्यक्ति ६० बोतल रक्सी सहित पक्राउ परेको समाचार अरव टाइम्सले लेखेको छ । 

समाचारमा जनाइए अनुसार ति व्यक्ति जालिव अल सुयोखामा पक्राउ परेका हुन् । प्रहरीले एक व्यक्तिले अस्वाभाविक रुपको व्यवहार गरेको र प्रहरीको निगरानी देखेपछि झोला फ्याकेर भाग्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प््रहरीले पक्राउ गरेर झोला खोल्दा त्यसमा पानी बेच्ने बोतलमा हालिएको ६० बोतल घरेलु रक्सी फेल परेको थियो । उनलाई थप कारवाहीका लागि प्रहरीले हिरासतमा राखेको समाचारमा जनाइएको छ । ति व्यक्तिको परिचयभ नें खुलाइएको छैन । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय