आइतवार नेपालमा कति भयो रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?  

काठमाडौं, असोज १७ -आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७० पैसा र विक्रि दर २८ रुपैंयाँ ८५ पैसा रहेको छ । यो गत शुक्रवार भन्दा प्रतिरियाल पाँच पैसा कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६२ पैसा छ । यो गत शुक्रवार भन्दा प्रति दिरहम चार पैसा कम हो । साउदी रियालको खरिददर २७ रुपैंया ८७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३ पैसा रहेको छ । यो पनि गत शुक्रवारको दिनको तुलनामा थोरै कम हो ।   

मलेसियन रिंगिटको भाउ फेरी केहि घटेको छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८२ पैसा छ । यो पनि शुक्रवार भन्दा कम हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

आइतवार कुवेती दिनारको खरिददर ३४५ रुपैंया ६५ पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय