कतारमा ‘लभ यू बाबा’को प्रदर्शन

दिलीप पराजुली, दोहा- नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ कतारमा प्रदर्शन भएको छ । दर्शकहरुले नायक गजित विष्ट र छोरी संगम विष्टको अभिनयलार्इ अत्यान्तै मन पराएका थिए । पारिवारिक कथामा बनेको चलचित्रलाई सानै उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल बनेका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका हुन ।

सिनेमा घरमा दर्शकहरुलाई सम्बोधन गर्दै उनले भने ‘कतारमा चलचत्रित्र प्रदर्शन गर्ने अवसर मिलेको छ ्र यहाँहरुले चलचित्र हेरेर मनोरञ्जन लिनुहोस् मन परे सबैलाई सुनाउनुस मन नपरे सुटुक्क मलाइ मात्र भन्नुस ताकी मेरा कमि कमजोरीहरुलाई सुधारेर लैजाने छ ।  

निर्मात्री सम्झना पोख्रेल द्वारा निमार्ण गरिएको यो चलचित्र नायक गजित विष्ट द्वारा लिखिएको हो  । उक्त चलचित्रमा गजित विष्ट, संगम विष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । नेफ्टा फिल्म अवार्डका लागी कतार आएका चलचचित्र ‘लभ यू बाबा’को टिम चलचित्र प्रदर्शनका लागि एक हप्ता थप कतार बसाइलाई लम्याउदै यो चलचित्र प्रदर्शन गरेको थियो  । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: