कतारमा चोरी गर्ने चारजना महिलाको समुह पक्राउ, ठूलो परिमाणमा सुन र नगद बरामद 

दोहा, असोज १६- कतारमा चारजना महिलाको समुहलाई ठूलो परिमाणमा चोरीका सुनका गहना र नगद सहित प्रहरीले पक्रेको छ । दोहा न्यूजका अनुसार ति महिलाले विभिन्न आवासिय घरहरुबाट ति गहना र नगद चोरी गरेका थिए । 

कतारको अन्तरिक मन्त्रालयका अनुसार ति महिलाले घरका ढोका फोरेर भित्र पसेर चोरी गरेका थिए । प्रहरीले त्यो महिलाको समुहलाई चोरीका सामान लुकाउने प्रयासमा रहेको अवस्थामा नै पक्राउ गरेको थियो । 

उनीहरुबाट बरामद भएको गहना र नगदको तस्वीर आन्तरिक मन्त्रालयले विज्ञप्ती सहित सार्वजनिक गरेको छ । बरामद गरिएका गहनामा कानमा लगाउने गहना, बाला, नेकलेस सहित केहि अमेरिकी डलर र कतारी रियाल रहेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: